यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

 कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार विभिन्न सागसब्जी र फलफूलका मूल्य यसप्रकार रहेका छन्:

  • गोलभेँडा ठूलो (नेपाली) रु ६०/किलो, सानो (टनेल) रु ३५/किलो
  • आलु रातो (नेपाली) रु ४६, आलु रातो (भारतीय) रु ३२, आलु रातो (मुडे) रु ४०/किलो
  • प्याज सुकेको (भारतीय) रु ४०/किलो
  • गाजर (लोकल) रु १००, (तराई) रु ८५/किलो
  • बन्दा (लोकल) रु ३०, काउली (स्थानीय) रु ७०, (तराई) रु ६०/किलो
  • रातो मूला रु ५०, सेतो मूला (हाइब्रिड) रु ३५/किलो
  • भन्टा लाम्चो रु ३०, भन्टा डल्लो रु ४०, तने बोडी रु ३५, मकै बोडी रु ८०/किलो
  • घिउ सिमी (लोकल) रु ५०, (हाइब्रिड) रु ४०, टाटे सिमी रु ७०/किलो
  • भटमास कोसा रु १२०, तीतो करेला रु २०, लौका रु ३०, परबर (तराई) रु ३५, चिचिण्डो रु २५/किलो
  • फर्सी पाकेको रु ५०, हरियो (लाम्चो) रु २५, हरियो फर्सी (डल्लो) रु ४०/किलो
  • सलगम रु ७०, भिण्डी रु ३०/किलो

सागसब्जीहरूमा:

  • सखरखण्ड रु ८०, पिँडालु रु ७०, स्कूस रु ४०, रायोसाग रु ६०, पालुङ्गो साग रु ७०, तोरीको साग रु ४५/किलो
  • हरियो प्याज रु २००, च्याउ (कन्य) रु १५०, च्याउ (डल्ले) रु ३५०, कुरिलो रु २५०, निगुरो रु ८०/किलो

अन्य तरकारी तथा फलफूल:

  • ब्रोकाउली रु १२०, चुकुन्दर रु ७०, सजिवन रु २२‍०, रातो बन्दा रु २५०, जिरीको साग रु १००, सेलरी रु १२०, पार्सले रु १२००, सौफको साग रु १७०/किलो
  • पुदिना रु २१०, इमली रु २००, तामा रु ११०, तोफु रु १२०, गुन्द्रुक रु ३५०/किलो

फलफूलमा:

  • स्याउ (झोले) रु २५०, (फुजी) रु ३५०, केरा (दर्जन) रु १३५, कागती रु १५०, अनार रु ३५०, आँप (माल्द) रु १४०, (दशहरी) रु १४०/किलो
  • तरभुजा रु १००, मौसम रु १६०, जुनार रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०
  • काँक्रो (लोकल) रु ५०, (हाइब्रिड) रु २०, रुखकटहर रु ५०, नास्पाती (लोकल) रु ३५, मेवा (भारतीय) रु १००, लप्सी रु ५०/किलो

मसला र अन्य:

राजा च्याउ रु ३००, सिताके च्याउ रु ९००/किलो

अदुवा रु १००, खुर्सानी सुकेको रु ३५०, हरियो खुर्सानी रु ४५, (बुलेट) रु ४०, हरियो खुर्सानी माछे रु ५०, अकबरे खुर्सानी रु २२‍०, भेडे खुर्सानी रु ७०/किलो

लसुन हरियो रु १५०, हरियो धनियाँ रु ३५०, लसुन सुकेको (चाइनिज) रु २००, (नेपाली) रु १६०/किलो

छ्यापी सुकेको रु १८०, हरियो छ्यापी रु २००, ताजा माछा (रहु) रु ३३०, (बचुवा) रु ३२०, (छडी) रु २५०/किलो