नेपाली कांग्रेसका गण्डकी प्रदेशका सांसद द्रोर्णकुमार कुँवरले बुधबार पदबाट राजीनामा दिएका छन्।
कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै २ वैशाख बुधबारदेखि लागु हुने गरि राजीनामा बुझाएका हुन्।
“गण्डकी प्रदेशसभाको प्रदेशसभाको निर्वाचन २०७९ साल मंसिर ४ गते सम्पन्न र्विाचनबाट बागलुङ जिल्ला क्षेत्र नम्बर २ (२) प्रदेशबाट प्रत्यक्ष निर्वाचित सदस्य द्रोर्णकुमार कुँवरले मिति २०८३/०१/०२ गतेका दिनदेखि लागु हुनेगरी प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको छु,” उनले पत्रमा लेखेका छन् ।
बागलुङ क्षेत्र नम्बर २ (२) बाट प्रत्यक्ष निर्वाचित कुवँर मन्त्री पदका लागि आकांक्षी देखिएका थिए। तर गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार गरेको मन्त्रिमण्डल फेरबदलमा उनको नाम समावेश भएन। नयाँ मन्त्रिमण्डलमा कांग्रेस र एमालेका गरी आठ मन्त्रीहरु थपिएका छन्।
कुँवरले कुनै सार्वजनिक पदमा नरहे पनि जनताप्रतिको सेवा निरन्तर रहने बताएका छन्।




