गण्डकी प्रदेशमा नेपाली कांग्रेसबाट पनि मन्त्रीहरु फेरबदल भएका छन् ।
स्राेतका अनुसार अर्थमन्त्री जित शेरचन र ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री नन्दप्रसाद न्यौपाने बनेका छन् । यस्तै, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री नम्डु गुरुङ बन्दा वन तथा वातावरण रेखा गुरुङ बनेका छन् ।
यसअघि अर्थमा डा टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री थिए । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।




