जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध बिराटनगर किंग्सका साम हेजलेटले अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको विजयी लक्ष्य पछ्याउने क्रममा बिराटनगरका लागि अस्ट्रेलियाका साम हेजलेटले २६ बलमा अर्धशतक पूरा गरेका हुन् ।
यसअघि दक्षिण अफ्रिकाका अनुभवी ब्याटर फाफ डु प्लेसिसले सानदार अर्धशतक प्रहार गरेका थिए । फाफ डुले १९ बलमै ५ चौका र ४ छक्कासहित ५० रन पूरा गरेका हुन् ।





