स्पेन भ्रमणमा भिजिट भिसामा गएर नफर्किएकाहरूबारे छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति गठन भएको छ।
सिआइबी र मानव बेचबिखन अनुसन्धान ब्युरोका सदस्यहरू रहने गरी ६ सदस्यीय समिति बनाइएको हो। एसएसपी बोगटीले समिति गठन भएसँगै काम सुरु भइसकेको बताए।
सोमबार गृहमन्त्री रमेश लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी दीपक थापालाई यसको छानबिन गर्न निर्देशन दिएका थिए।





