आर्मीलाई हराउँदै न्यु डायमण्डको विजयी सुरुआत

छैटौं संस्करणको टाइगर कप भलिबल च्याम्पियनिसपमा न्यू डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुआत गरेको छ।

पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा समूह ‘ए’ को खेलमा डायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

खेलमा न्यू डायमण्ड २५-१३, २५-१६, र २५-८ ले विजयी भयो।