भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा ले आफ्नो पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन् ।
अनुसन्धानको क्रममाअधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले अस्वीकार गरेका हुन् ।झाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा दायर मुद्दासँगै उनले पोलिग्राफ परीक्षण गर्न नमानेको व्यहोराको प्रतिवेदन पनि समावेश गरिएको छ ।दुई करोडको चेक लिनको लागी भेट्दा उनले रामशरण केसीसँग मोबाइलमा कुरा गरेका थिए ।
त्यसबारे स्वर परीक्षण गर्न चाहिँ उनी सहमत भएका छन् । स्वर परीक्षण गर्न अनुसन्धान अधिकृतहरूले पत्राचार गरेका छन् । बेचनले लिएको २ करोडको चेकको फोटोकपी अनुसन्धान अधिकृतहरूले मिसिलमा संलग्न गरेका छन् ।




