२० वर्षको आसपासमा बिहे गरेर बच्चा जन्माउन आग्रह  प्रधानमन्त्री ओलीको आग्रह

 प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई २० वर्षको आसपासमा बिहे गरेर बच्चा जन्माउन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ४० कटेसी रमाउने युवाको सोच राम्रो नभएको भन्दै २० वर्षको आसपासमा बिहे गरेर बच्चा जन्माउन आग्रह गरेका हुन् ।

देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरू विदेशिने क्रम चलेकामा चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेकाले युवाहरूले यसका  लागि सोच्नुपर्ने बताए । उनले हाल जनसङ्ख्यावृद्धि दर पनि न्यून रहेकाले सुन्दर भविष्यका लागि २० वर्षको आसपासमा विवाह गर्न र छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरे ।