नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।
बिहीबार बसेको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गरेको हो । शुक्रबार विश्वासको मत लिन लागेका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय भएको पार्टीका सम्मानित नेता झलनाथ खनालले खबरहबलाई बताए । हालसम्म पनि समाजवादीले प्रचण्ड सरकारलाई सहयोग गरिरहेको छ ।
प्रचण्ड सरकारमा एकीकृत समाजवादीबाट २ जना मन्त्रीहरू थिए । प्रतिनिधिसभामा समाजवादीको १० सिट छ ।




