मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले आज (माघ १८ गते आइतबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

रविदास जयन्ती (माघ पूर्णिमा)का अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जानकारी दिए ।

मधेसमा दलित तथा सीमान्तकृत समुदायले रविदास जयन्ती मनाउने गरेका छन् ।

रविदास जयन्ती मनाउने समुदायको सम्मानस्वरुप सार्वजनिक बिदा दिने निर्णय गरिएको मधेस सरकारले जनाएको छ ।

14