सुनको मूल्यमा फेरि लाग्यो उकालो, बजार भाउ ३ लाख नाघ्यो

 आज आइतबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको मूल्य तोलामा १ हजार २०० रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९९ हजार ८०० रुपैयाँ रहेकोमा आइतबार ३ लाख १ हजार रुपैयाँ कायम भएको छ । 

चाँदीको मूल्य तोलाको ९५ रूपैयाँले बढेर ५ हजार २२३ रुपैयाँ कायम भएको छ ।