ऋषि धमलाले छोडे ‘जनता जान्न चाहन्छ’ कार्यक्रम, प्रभु साहको पार्टीबाट रौतहटमा चुनाव लड्ने !

ऋषि धमला पनि चुनाव लड्ने भएका छन् । उनी रौतहट-४ मा प्रभु साहको आम जनता पार्टीबाट चुनाव लड्न लागेको धमलाकी पत्नी एलिजा गौतमले जानकारी दिएकी हुन् ।

गौतम आम जनता पार्टीकी उपाध्यक्ष हुन् ।

‘आम जनता पार्टीको तर्फबाट मोबाइल चिन्ह लिई रौतहट क्षेत्र नं. ४ मा उम्मेदवारी मनोनयनका लागि रौतहट जाँदै गर्दा म सधैँझैँ उहाँको साथमा छु ।’, उनले फेसबुकमा लेखेकी छिन्, ‘यो साथ मात्र हात समाएर होइन, अटुट विश्वास र संकल्पका साथ हो ।’

धमला तीन दशकदेखि सञ्चारकर्ममा आबद्ध थिए । उनी रिपोर्टस क्लबका अध्यक्ष समेत हुन् ।