नेपालमा नेपालको सरकार बनाउन चाहन्छौँ, अरुको बन्यो भने ढाल्छौँ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले नेपालमा नेपालीकै सरकार बनाउने र अरुको सरकार बनेमा संघर्ष गरेर ढाल्ने बताएका छन्।

बिहीबार ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेश नेपालद्वारा लिखित ‘जेलभित्रका संघर्षड पुस्तकको विमोचन कार्यक्रममा सम्बोधन गर्दै उनले आफूहरु नेपालमा नेपालीकै सरकार हुनुपर्छ र समृद्धि आफूहरुकै पालामा हुनुपर्छ भन्ने अभियानका अहिले पनि लागिरहेको स्पष्ट पारे।

‘अहिले दुनियाँमा भइरहेको शासनको प्रतिबिम्ब नेपालमा देख्न सकिन्छ,’ ओलीले भने, ‘हामी नेपालमा नेपालको सरकार बनाउन चाहन्छौँ। अरुको सरकार बनाउन दिँदैनौँ। बन्यो भने ढाल्छौँ। यसबारे आजको नयाँ पुस्ता सचेत हुन आवश्यक छ, यो देश पुर्खाले लडेर स्वतन्त्र र सर्वभौम बनाएको देश हो। यसलाई बचाउनु हामी सबैको दायित्व हो।’