नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाको राजीनामा स्वीकृत भएको छ ।
अनेरास्ववियुको पदाधिकारी बैठकले डा. कडरियाको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । जेन-जी आन्दोलनमा विद्यार्थी मारिएको विषयमा असन्तुष्टि जनाउँदै कडरियाले राजीनामा घोषणा गरेका थिए ।
बैठकले महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय गरेको छ ।





