नेकपा (एमाले)ले सोमबार ‘घर फर्क अभियान’ आयोजना गर्ने भएको छ ।
भोलि दिउँसाे २ः३० बजे राष्ट्रियसभा गृह, भृकुटीमण्डबाट एमाले छोडेर नेकपा एकीकृत समाजवादीसहित विभिन्न दलमा गएर पुनः एमालेमा आउन लागेकाहरुलाई स्वागत गर्ने भएको हाे ।
पूर्वमन्त्री समेत रहेकी नेकपा (समाजवादी)को नेतृ रामकुमारी झाँक्री, किसान श्रेष्ठ सहितका नेताहरुले एमालेमै फर्किने केही दिनअघि नै घोषण गरिसकेका छन् । उनीहरूलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने तयारी रहेको बुझिएको छ ।





