माओवादी केन्द्रको पार्टी कार्यालयमा चियापान तथा शुभकामना कार्यक्रम आयोजना

अखिल नेपाल ट्रेड युनियन महासंघले नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय पेरिसडाँडामा विजयदशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वहरूका अवसरमा चियापान तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ ।


शनिबार आयोजित चियापान कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत पार्टीका नेता–कार्यकर्ता सहभागी भएका थिए ।