पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा (माओवादी केन्द्र)का अध्यक्ष नरहेको बताएका छन् ।
दुई दिन चलेको केन्द्रीय समितिको बैठकलाई शुक्रबार समापन गरेर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू माओवादीको अध्यक्ष नरहेको बताएका हुन् । यद्यपि, पार्टीको संयोजक भने आफू रहेको उनको भनाइ छ ।
‘आज हामीले केन्द्रीय समितिको बैठक सफलतापूर्वक सम्पन्न गर्यौँ । म अब अध्यक्ष छैन, म संयोजक भएँ,’ उनले भने ।
सरकारले आफूहरुको राहादानीमाथि गरेको भनिएको छानबिनबारे जानकारी नरहेको उनले बताए ।
बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकमा प्रचण्डले अध्यक्ष पद त्याग गर्नुपर्ने आवाज उठेको थियो ।