अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रीमण्डलमा सहभागी हुनेमध्ये तीन जनाको नाम टुङ्गो लगाउनु भएको छ |
पूर्वसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता तथा बालेनका कानुनी सल्लाहाकार ओमप्रकाश अर्याल मन्त्री बन्ने निश्चित भएको छ।
अर्थमन्त्रीमा रामेश्वर खनाल; ऊर्जा, भौतिक तथा सहरी विकासमन्त्रीमा कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा ओमप्रकाश अर्यालको नाम टुङ्गो लागेको श्रोतले जनाएको छ |
थप गरिएका तीन मन्त्रीहरुको सपथ ग्रहण भोलि (सोमवार) हुनेछ |
स्रोत :bbc.com/nepali





