नेकपा माओवादी केन्द्रले जेन जी आन्दोलनका क्रममा आफ्ना कुन–कुन नेताको घरमा क्षती भए जानकारी गराएको छ । दलका नेताहरूको निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको हो । पार्टीका अनुसार क्षतिको विवरण यस्तो छ :
१. अध्यक्ष प्रचण्डको खुमलटारमा रहेको निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त ।
२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनमा रहेको निवास लुटपाट गरेर पूरै ध्वस्त ।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङमा रहेको घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।
८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट ।
९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।
१०. केन्द्रीय सदस्य गङ्गा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरमा रहेको घर आगजनी, तोडफोड र लुटपाट ।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।
१५. केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।
१६. केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी ।
१७. केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।





