नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम

 नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ।

 यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ।  यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ५०५ रुपैयाँ कायम भएको थियो।