नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ।
यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ५६५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला २ हजार ५०५ रुपैयाँ कायम भएको थियो।





