नेपाल शिक्षक महासंघ आन्दोलन जारी: आज माओवादी पार्टी कार्यालय धर्ना

नेपाल शिक्षक महासंघले नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय, पेरिसडाँडामा धर्ना दिएका छन् । विद्यालय शिक्षा विधेयकका विभिन्न प्रावधान संशोधनको मागसहित आन्दोलन सुरु गरेको महासंघले आज माओवादी पार्टी कार्यालयमा धर्ना दिएको हो ।

महासंघले पहिलो चरणको आन्दोलनअन्तर्गत दलका कार्यालयमा धर्ना बसी ध्यानाकर्षणपत्र बुझाउने गरेको छ ।

यसअघि नेपाली कांग्रेस र नेकपा (एमाले)को पार्टी कार्यालयमा धर्ना दिएको महासंघले आज माओवादीको पार्टी कार्यालयमा धर्ना दिएको हो । धर्ना ११ देखि १ बजेसम्म जारी रहने महासंघले जनाएको छ ।