झलनाथलाई छेउमा राखेर माधवले भने– अनुशासनहीन कार्य गर्नेलाई पार्टीले छुट दिँदैन

नेकपा ए(कीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वैज्ञानिक समाजवादका कुरा शब्दमै सीमित हुन नहुने बताएका छन् ।

सोमबार पार्टी स्थापना चौथो वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा उनले पार्टी र आन्दोलनलाई लक्ष्यमा पु¥याउन रणनीति बुझ्न आवश्यक रहेको बताए ।

नेपालले सर्वहारा वर्गीय चरित्र महत्त्वपूर्ण भएको र पार्टीको पहिलो राजनीतिक प्रस्तावअनुसार अध्ययन आवश्यक रहेको बताए ।

उनले कमजोर र निरीह पार्टीले आफ्नो भूमिका निर्वाह गर्न नसक्ने भन्दै अनुशासनहीन कार्य गर्नेलाई कुनै छुट नदिने स्पष्ट पार्दै पार्टी पक्षमा दृढताका साथ बोल्न निर्देशन दिए ।

उनले प्रचार विभाग, अनुशासन आयोग, संगठन विभाग र सबै नेता–कार्यकर्तालाई ध्यान दिन आग्रह गर्दै पार्टीभित्रका विषय छलफल गरेर समाधान गर्न सकिने पनि बताए ।