राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। बैठक शुक्रबार दिउँसो १ बजे बस्ने बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, रूपन्देहीको उपनिर्वाचन तयारी, उम्मेदवारका आकांक्षीहरूबारे छलफल गर्नेछ । रुपन्देही-३ को उपनिर्वाचनका लागि रास्वपाले बुधबारसम्म आवेदन दिइसक्न उम्मेदवारका आकांक्षीहरूलाई भनेको छ।
त्यस्तै पार्टी खेलकुद विभागले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गर्न लागेको फ्युचर लिडर्स समिटबारे पनि छलफल हुने बताइएको छ ।





