एमालेले आज एक लाख युवाहरुलाई काठमाडौं उतार्दै

 नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सवको आयोजना गर्दैछ ।

लोकतन्त्र दिवसको अवसर पारेर एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा महोत्सव गर्न लागेको हो ।कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेलले सङ्क्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहने छन् ।

जसअनुसार प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवाहरूले आफ्नो धाराणा राख्ने तयारी रहेको छ ।

आयोजकका अनुसार महोत्सवमा ४० वर्ष मुनिका विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार राख्नेछन् भने विभिन्न सांस्कृतिक कार्यक्रम पनि हुनेछ । कार्यक्रममा देशभरबाट १ लाख युवाले सहभागिता जनाउने एमालेको दाबी छ ।