नेकपा (एकीकृत समाजवादी)ले विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । हिजो चैत १६ गते शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकका निर्णयसहित विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको स्रोतले जनाएको छ ।
पत्रकार सम्मेलन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा हुने छ । १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा राजावादीहरूले सो पार्टीको केन्द्रीय कार्यालयमा आक्रमण गरेका थिए ।





