पश्चिम नवलपरासीको बर्दघाटमा विद्यार्थी बोकेको स्कुल बस, यात्रुवाहक बस र मोटरसाइकल ठक्कर खाँदा २० जना घाइते भएका छन् ।
दुर्घटनामा १४ जना विद्यार्थीसहित २० जना घाइते भएका छन्।दुर्घटनामा १४ विद्यार्थी र ६ अन्य यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गमा सुस्ता गाउँपालिकामा कार्यरत प्राविधिक वीरेन्द्र मण्डल चढेको बा २ ब ६५४९ नम्बरको मोटरसाइकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १५७४ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकललाई ठक्कर दिएको अनियन्त्रित भएको यात्रुवाहक बसले सडकमा रोकेर विद्यार्थी चढाउँदै गरेको बर्दघाट नगरपालिका वडा नम्बर १२ भुताहको ग्लोवल एकेडेमीको लु १ ख ८७० नम्बरको बसमा ठक्कर दिएको थियो।
दुर्घटनामा परी घाइते भएकाहरूमध्ये गम्भीर १४ घाइतेहरूलाई युनिभर्सल मेडिकल कजेज भैरहवामा र अन्यको स्थानीय चिसापानी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।





