कुलमानलाई हटाउने निर्णय प्रति रविको साङ्केतिक विरोध 

रास्वपाका सभापति रवि लामिछानेले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर साङ्केतिक विरोध गरेका छन् ।

लाइभमा आएर उनले केही बोलेनन् । बरु उनले साङ्केतिक विरोधस्वरुप बत्ती निभाएर मैनबत्ती बाले  । उनले लाइभको क्याप्सनमा लेखेका छन्, ‘कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन् !’

उनले कुलमान घिसिङलाई हटाइएसँगै लोडसेडिङ हुनसक्ने तर्फ संकेत गर्दै बत्ती निभाएको बुझ्न सकिन्छ ।