नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे बस्नेछ । बैठकमा राष्ट्रिय राजनीति लगायतबारे छलफल हुनेछ ।

एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यसबारे पछि छलफल हुनेछ ।