आज तीन वटा समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछ ।

पूर्वाधार विकास समिति, कानून, न्याय तथा मानवअधिकार समिति र राज्य व्यवस्था सुशासन समितिको बैठक बस्न लागेको हो ।

जस अन्तर्गत पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै बिहान ११ बजे बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित दफाहरुमा छलफल गर्ने तयारी छ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा  संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।