रवि लामिछानेविरुद्धको तीनवटै आरोप जघन्य प्रकृतिका अपराध हुन्ः रामनारायण बिडारी

नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लगाइएका तीनवटै आरोप जघन्य प्रकृतिको रहेको बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् ।

उनले उक्त प्रकरणमा जीबी राईलाई फरार बनाएर चलाखी गर्न खोजीको उनको आरोप छ । ‘यस्ता जघन्य अपराधको आरोप उहाँलाई लाग्यो । मुद्दा अदालतमा विचाराधीन छ, यसमा हामीले अदालतलाई नै कुर्नुपर्ने हुन्छ,’– उनले भने ।

साथै, लामिछाने थुनामा रहुन्जेल उनको सांसद पद निलम्बन हुने अधिवक्ता बिडारीको भनाइ छ । लामिछाने भोलि दोषी ठहर भएको खण्डमा सांसद पद नै जाने बिडारीले बताए । ‘उहाँ पुर्पक्षका लागि थुनामा जानुभयो भने थुनामा रहेको अवधिभर उहाँको सांसद पद निलम्बन हुन्छ । उहाँ भोलि दोषी ठहर भए सांसद पद जान्छ, निर्दोष ठहर हुनुभयो भने निलम्बन फुकुवा हुन्छ,’– उनले भने ।