बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)मा सरकारले चीनसँग कुनै ऋण नलिएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।
विराटनगर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले बिआरआईमा ऋण नलिएको दाबी गरे। बिआरआईको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिँदै उनले भने, ‘ओलीजीलाई धन्यवाद छ। बिआरआईमा ऋण लिएकै छैन।’
उनले दलहरुबीच सहमति हुन सके संविधान संशोधन हुने बताए। संविधान संशोधनका लागि आयोग गठन हुने वा संसद्ले गर्ने भन्ने जिज्ञासामा उनले भने, ‘यो दलहरुबीचको सहमतिबाट हुन्छ। यसका लागि दुई तिहाई चाहियो पहिलो कुरा त।’
त्यसैगरी उनले पार्टीको महाधिवेशन समयमै हुने बताए। पत्रकारसँगको कुराकानीका क्रममा सभापति देउवाले विराटनगरमा भएको पालिका सभापतिहरुको भेलाबारे जानकारी नभएको उल्लेख गरे।





