स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणको अनुसन्धानका लागि काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ ।
अहिले उनको वयान जारी छ । शुक्रबार बिहान काठमाडौं प्रहरी परिसरको हिरासतबाट उनलाई बयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो ।





