रास्वपाले आज उम्मेदवारका आकांक्षीहरूको नाम आह्वान गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबार स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीहरूको नाम आह्वान गर्ने भएको छ ।

बुधबार साँझ बसेको केन्द्रीय निर्वाचन समन्वय समितिको बैठकले सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने र उम्मेदवारहरूको नाम आह्वान गर्ने निर्णय गरेको हो । स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो ।

स्थानीय तहमा रिक्त पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ।