परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकारले सय दिनमा धेरै राम्रो काम गर्न सफल भएको दाबी गरेकी छन ।
आज सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री राणाले देशको बिग्रेको अवस्थाबाट सरकार सम्हालेको भन्दै अहिलेसम्म आइपुग्दा धेरै राम्रा काम गर्न सफल भएको बताएकी हुन । उनले वर्तमान सरकारप्रति नागरिकको अपेक्षा धेरै भएकाले त्यसअनुसार शतप्रतिशत काम गर्न भने गर्न नसकेको जिकिर गरिन । हालैको बाढीपहिरो पछिको उद्धार, राहत र सडक सञ्जाल छिटै सञ्चालन गर्न सफल भएको उनले बताइन ।
मन्त्री राणाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भएका काम कारबाहीको सुरुवाती सङ्केत निकै राम्रो भएको दाबी गरिन । फरक प्रसङ्गमा, उनले कानुनी प्रक्रियाका आधारमा सहकारी प्रकरणमा छानबिन भएको बताइन ।





