चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी आज पनि जारी छ ।
शुक्रबार पनि बिहानैदेखि खोजी जारी रहेको प्रहरीले जनाएको छ । गत असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
दुई बसमा सवार ६५ यात्रुमध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । जसमध्ये २० जनाको शव फेला परेकोमा १४ को सनाखत भएको छ भने ६ जनाको पहिचान हुन बाँकी छ । बस र याुत्र खोजीका लागि विभिन्न आधुनिक प्रविधिसहितको गोताखोर टोली पनि खटेको छ ।





