स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ ।
बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले बिहान आईपीओको बाँडफाँड गरेको हो । कम्पनीले चैत ९ देखि चैत १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९३ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर ८२ हजार १०६ जनाबाट आवेदन परेकोमा ८२ हजार ८५ जनाको आवेदन मात्र स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।
आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । बाँडफाँडमा ९ हजार ३७५ जना आवेदकले १०/१० कित्ताका दरले शेयर पाएका छन्, जबकी बाँकी सबै आवेदकको आवेदन अस्वीकृत भएको छ।





