नेपाल प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसँग हालसम्म सोधपुछ नगरिएको जनाएको छ।
शनिवार पक्राउ गरिएका उनीहरूलाई आइतवार अदालतमा प्रस्तुत गरेपछि बाँकी अनुसन्धान प्रक्रिया अघि बढाइने बताएको प्रहरीको भनाइ छ।
गत भदौमा भएको जेन जी आन्दोलनमा भएको बल प्रयोग र क्षतिबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसमा ओली र लेखकलाई शनिवार सबेरै प्रहरीले पक्राउ गरेको थियो।
गिरफ्तार गरेपछि स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएका ओलीलाई स्वास्थ्यको कारण देखाउँदै त्यहीँ राखिएको छ।
नेपाली कांग्रेसका नेता समेत रहेका पूर्वगृहमन्त्री लेखकले गएरात प्रहरी हिरासतमा बिताएका छन्।





