पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको सर्वसाधारणका लागि जारी आइपिओ आज बिहान बाँडफाँड गरिदैछ ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आइपिओ बाँडफाँड आज बिहान साढे ९ बजे गरिने भएको हो ।
कम्पनीको आईपीओ फागुन १२ देखि १५ गतेसम्म सर्वसाधारणका लागि खुला गरिएको थियो । यस कम्पनिको ४ लाख ५० हजार आवेदकले गोलाप्रथाबाट १०-१० कित्ताका दरले सेयर पाउने छन् । कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४५ लाख कित्ता सेयर निष्कासन गरेको थियो ।
कुल ३ अर्ब ७५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले यसको २० प्रतिशत बराबर ७५ करोड रुपैयाँ मूल्यका ७५ लाख कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो । यसमध्ये १८ लाख ७५ हजार कित्ता सेयर उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई यसअघि नै बाँडफाँड भइसकेको छ । यस्तै ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोष र सोही संख्याका २ लाख ८१ हजार २५० कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीलाई ‘आईआरएन डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।




