नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य उकालो लागेको छ ।
बुधबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँ पुगेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघ का अनुसार बुधबार सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ ।
बुधबार प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँमा किनबेच भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ५ हजार १ सय ९४ अमेरिकी डलर कायम रहेको छ ।




