भुजुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ नतिजा

 भुजुङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको छ। 

बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडले आज बिहान ९ बजे आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। आईपीओमा कुल २५ लाख ७९ हजार ९२० जनाको आवेदन परेकोमा २५ लाख ३९ हजार ८ सय ९२ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

माग भन्दा बढी मात्रामा आवेदन परेपछि गोलाप्रथाको माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो।

बाँडफाँटमा ८३ हजार जनाले १०/१० कित्ताका दरले आईपीओ हात पारेका छन् भने बाँकी आवेदकको हात रित्तो भएको छ।

आईपीओको अन्तिम नतिजा सीडीएस एन्ड क्लियरिङको वेबसाइट https://iporesult.cdsc.com.np/ , बिक्री प्रबन्धकको वेबसाइट:https://kumaricapital.com/share-details र मेरो सेयरमा https://meroshare.cdsc.com.np/#/login मार्फत् हेर्न सकिनेछ ।