सिराहामा गोली हानी एक जनाको ह*त्या

सिराहामा गोली हानेर एक जनाको हत्या गरिएको छ। 

शुक्रबार दिउँसो सिराहा नगरपालिका-१ का ४१ वर्षीय प्रेमनाथ यादवमाथि गोली प्रहार भएको हो। सिराहा–७ स्थित आफ्नै खेतमा काम गरिरहेको वेला गोली प्रहार भएको हो। 

गोली प्रहार भएको खबर पाउने वितिक्कै जिल्ला प्रहरी कार्यालय, सिराहाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोली पुग्दा यादवको मृत्यु भइसकेको पाइएको एसपी पाठकले बताए।