सुरु भयो एमाले सचिवालय बैठक

नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको हो।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति बैठकबाट प्रत्यक्षतर्फको उम्मेदवार छानिने एमाले सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन हुँदै छ।

एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । त्यसबाहेक बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे पनि समीक्षा हुने जनाइएको छ।