नेपाली बजारमा सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ। मंगलबारको तुलनामा आज सुन तोलामा ७०० रुपैयाँ र चाँदी १७० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य २ लाख ५९ हजार ७०० रुपैयाँ कायम भएको छ। एक तोला चाँदी ४ हजार ५५ रुपैयाँ पुगेको छ।
मंगलबार सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँ र चाँदी ३ हजार ८८५ रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३३० र चाँदी ६५ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।





