नेकपा एमालेको ११औँ महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका रघुजी पन्त अध्यक्ष केपी शर्मा ओली समूहमै समेटिनुभएको छ । ओली पक्षका नेताहरूका अनुसार पन्तलाई ओली–ईश्वर पोखरेल समूहको टिममा राखिएको हो ।
पन्त उपाध्यक्षका आकांक्षी भए पनि सुरुमा ओली समूहको उम्मेदवार सूचीमा पर्नुभएको थिएन । त्यसपछि उहाँले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्नुभएको थियो । स्वतन्त्र उम्मेदवारी दिएपछि अध्यक्ष ओली र वरिष्ठ नेता ईश्वर पोखरेल समूहले पन्तलाई आफ्नो प्यानलमा ल्याउन पहल गर्नुभएकाे थियाे ।
अध्यक्ष ओलीले सोमबार पन्तसँग प्रत्यक्ष कुराकानी समेत गर्नुभएको थियो । नेता प्रदीप ज्ञवालीले उपाध्यक्ष पदमा उम्मेदवारी नदिएपछि ओली प्यानलमा एक पद खाली रहेकाले सो स्थानमा पन्तलाई समेटिएको बताइएको छ ।





