साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा ०.२३ अंक घटेर २६१३.८४ विन्दुमा झरेको छ।
यस सेसनमा ३४ लाख ९२ हजार ९८४ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ५७ कम्पनीको ६ हजार ७०७ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २० कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।





