नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र अहिले आर्थिक संक्रमणको मोडमा रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उनले निजी क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव रहेको, बैंकिङ क्षेत्रमा अधिक तरलता तथा घट्दो ब्याजदरको व्यवस्थापनको चुनौति रहेको बताए।
साथै लगानी वातावरणमा अनिश्चितता र राजश्व संकलनको दबाब रहेको बताए । उनले निजी क्षेत्रको साथमा सरकार रहेको बताइएपनि अन्तरिम सरकारको आयु कति हो ? भन्दै प्रश्न गरे। अन्तरिम सरकारले ल्याएका नीतिहरु विधि विपरित रहेको भन्दै स्थायी सरकारले उल्ट्याइदिने र निजी क्षेत्रको लगानी डुब्ने समस्या कायम रहेको बताए । वित्तीय पत्रकारितामा गलत तथ्य, अपुष्ट सूचना र अनावश्यक उत्तेजनाले बजारमा अस्थिरता ल्याउने पनि बताए ।
सरकारले नीति बनाउने, निजी क्षेत्रले अर्थतन्त्र चलाउने, नियामकले अनुशासन कायम गर्ने र पत्रकारले पारदर्शिता सूचित गर्नुपर्ने बताए ।





