तीन वर्षीया आयुषा पोख्रेल आइतबार बिहान मृत अवस्थामा फेला परेकी छिन् । गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा नम्बर २ बाँझकटेरीकी ३ बर्षकी आयुषा पोखरेल घरदेखि करिब ५०० मिटर नजिकैको झाडीमा मृत अवस्थामा आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले प्रहरी निरीक्षकसहितको टोली पुगेको र घटनाको अवस्था हेर्दा जङ्गली जनावरले चिथोरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Source : gorkhapatraonline
