अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा प्रदर्शन

११५ औं अन्तर्राष्ट्रिय श्रमीक महिला दिवसको अवसरमा प्रदर्शन भएको छ ।

शनिवार काठमाडौंको माईतीघर मण्डलामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (समाजवादी), नेपाल समाजवादी महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी लगायतका संघ, संस्थाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले बेपत्ता योद्धाहरु सार्वजनिक गर, समान कामको समान ज्याला लागू गरौँ, रिंकुकुमारी सदाका बलात्कारीलाई फाँसी दे, भ्रष्ट सरकार मुर्दावाद, महिलामाथि हुने सबैखाले हिंसा बिरुद्ध संघर्ष गरौँ, राज्यका सम्पूर्ण संरचनामा ५० प्रतिशत म्हिला सहभागिता सुनिश्चित गरौँ, लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार, हामी सबैको प्रतिवद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता लगायतका नारा र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।