श्री निम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन् यही माघ ५ गते बाट शालग्राम महातिर्थ देवघाटमा हुदैछ |

जगद्गुरु अनन्त श्री विभूषित वालसन्त मोहन शरण देवाचार्यको प्रमुख आतिथ्यमा सम्पन्न हुन लागेको यस महासम्मेलनमा भुटान, सिक्किम, अयोध्या, छात्तिसगढ़लागायतका स्थानबाट सन्त महाराजहरु उपस्थित रहनुका साथै उद्घाटन समारोहमा हरिद्वाराका मठाधिस मुरारीशरण महाराजको बिशेस उपस्थिती रहने निम्बार्क वैष्णव राष्ट्रिय महासम्मेलन आयोजक समिति अध्यक्ष आचार्य हरिशरण उपाध्यायले बताउनु भयो |

विश्वभरका निम्बार्क वैष्णवहरुलाई एकिकृत गरी भेटघाट गर्ने तथा निम्बारका वैष्णव सम्प्रदायको बिशिष्टय माथि प्रकाश पार्ने उदेश्यका साथ आयोजना गरिएको यस महासम्मेलन २०८१ मंसिर ५ गते उद्घाटन भएर २०८१ मंसिर ८ समापन हुनेछ |

महासम्मेलनका बारे बिस्तृत जानकारी गराउने उदेश्यले २०८१ मंसिर ४ गते बिहान ९ बजेकाका लागि पत्रकार सम्मेलनको आयोजना गरिएको छ |
सम्मेलनको कार्यसूची हेर्नुहोस्







